0 COMMENTS

काठमाडौं०५असार०७७/काठमाडौंमा आज (शुक्रबार) पनि थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला र एक पुरुष गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार मात्र काठमाडौंमा दुई, ललितपुरमा एक र भक्तपुरमा तीन जना गरी काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार ४२६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको हो । नयाँ संक्रमितमध्ये ७ हजार ५६७ पुरुष र ७०७ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।