0 COMMENTS

प्रतिभा भट्टराई०३असार०७७/असार कृष्ण पक्ष मा पर्ने एकादशी लाई योगिनी एकादशी भनिन्छ। हरेक एकादशीका महत्त्व, व्रत विधि र पूजा समान हुने भए पनि तिनका नाम, कथा तथा व्रतको फल भने फरक रहेको पाइन्छ।प्रत्येक महिनाको शुक्ल पक्ष (औंसी पछि आउने)र कृष्ण पक्ष (पूर्णिमा पछि पर्ने) गरी १५ दिनको फरकमा पर्न आउने एकादशी तिथि पालनकर्ता बिष्णु भगवानका प्रिय तिथि हुन। व्रतको पूर्ण नियम पालन तथा पूजाका सम्पूर्ण विधिहरू अपनाउँदै सच्चा मनले आस्था का साथ व्रत बस्दा, मानिसले आफ्नो जीवनकालमा जानेर वा नजानेर गरेका सम्पूर्ण पापहरू नाश भई सुख समृद्धि र सन्तोष प्राप्त भई मृत्यु पछि स्वर्ग लोक पनि प्राप्त हुन्छ भन्ने मान्यता रहेको यो व्रत सबै प्रकारका व्रत मध्ये उत्तम मानिन्छ। यस् दिन निर्जला एकादशीको दिन राखिएको तुलसीको दल वा बीउ बाट उम्रेको सानो बिरुवा गोड्ने चलन पनि रहेको छ।

यसदिन बिष्णु भगवान लाई सेतो वा पहेंलो वस्त्र, फूल, मौसम अनुसार का फल तील तुलसी, पाकेका नैवेद्य, धूप दीप ले आरती गर्ने तथा सम्भव भए सम्म विष्णु सहस्रनाम , नारायणकवच, गजेन्द्रमोक्ष, गीताको पाठ गरी साथमा लक्ष्मी र पिपलको समेत पूजा गर्नाले पाप नष्ट हुनुका साथै चर्म सम्बन्धी रोग निवारण हुने तथा ८८ हजार ब्राम्हण लाई भोजन गराएको फल मिल्छ भनी एकादशी माहात्म्य मा बताइएको विश्वास गरिन्छ।

दशमीको दिन साँझ बाटै सात्विक भोजन गरी एकादशीको दिन निराहार रही द्वादशीका दिन स्नान, दान र पारायण गरी समापन गरिने यो व्रत जो कोहीले पनि आफ्नो शारीरिक अवस्था लाई ध्यानमा राखेर फल तथा सात्विक आहार गरी लिने वा त्यो पनि नसके त्यस दिन धर्मराज युधिष्ठिरलाई श्री कृष्ण भगवानले बताउनु भएको यो,योगिनी एकादशी को माहात्म्य मात्र श्रवण अनि मांसाहार नगर्नाले पनि निक्कै शुभफल प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।