0 COMMENTS

काठमाडौं २६ जेठ २०७७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह चार बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

पार्टीमा विवाद भएपछि गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ ।

अघिल्लो सचिवालय बैठकले संसदबाट पारित नभएसम्म एससीसीका काम अघि नबढाउने सहमति गरेको थियो । प्रधानमन्त्री ओली संसदको यही अधिवेशनवाट एमसीसी पारित गराउने पक्षमा छन् । तर, सचिवालयका बहुमत सदस्य भने एमसीसीको विपक्षमा रहेका छन् । नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेस हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।