काठमाडौं२५जेष्ठ०७७ । ‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ शिव सेना नेपाल जिन्दावाद, भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले दाङको तुलसीपुरमा आइतबार साँझ बिशाल राँके जुलुस प्रदर्शन गरेका छन् ।
लक डाउनको समयमा प्रहरीको समेत हस्तक्षेप हुँदाहुँदै पनि तेसकाे कुनै प्रवाह नगरी शिव सेनाका नेता कार्यकर्ताहरुले राँके जुलुस निकालेका थिए ।शिव सेना नेपालका दाङका अध्यक्ष देवीराम भण्डारीको सहयोग, उपाध्यक्ष अशितव लामिछानेको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो ।
भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाडाे हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटाे निर्मण गरेर पुर्खाले दुखले अार्जेकाे माटाे माथी भारतले गिद्दे दृष्टि लगायकाे र नेताहरुले जनताकाे हित बिपरीत राष्ट घाति MCC संसदले पास गराउन खाेजेकाे भन्दै शिवसेना नेपाल दाङ जिल्ला द्वारा काेराेना माहामारीकाे समेत कुनै प्रवाह नगरी राँके जुलुस प्रदर्शन गरेकाे छ ।
स्वत:स्फुर्त रुपमा निक्लीयकाे उक्त राँके जुलुसमा बुद्धिजीवी,उध्याेग ब्पवसायि,युवा लगायतकाे संलग्नता थीयाे । उक्त राँके जुलुसमा राजसंस्था को माग सहित सयौं शिवसैनिक हरु द्वारा आफ्नो भुमि एक इन्च छोडने बाला छैन भन्दै राँके जुलुसमा सहभागीहरुले ‘एमसीसी मुर्दावाद’,‘भारतीय सेना कालापानी छोड’,‘राजसंस्था ल्याऔं, देश बचाऔं’“गुमेेकाे भूमी फिर्ता गर, गाउ गाउमा हल्ला छ, राजा अाउने सल्लाह छ, राजा अाउ देश बचाउ,राजतन्त्र जिन्दाबाद,Mcc खारेज गर,राजा जनता एक हाै जस्ता नारा सहीत सयाै काे संख्यामा राँकाे सहीत प्रदर्शनीमा उत्रीयकाे शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) ले बताएकाछन ।
शिव सेना नेपालका कार्यकर्ताहरुले देशभर शृंखलाबद्धरुपमा राँके जुलुस निकालिरहेका छन् । उनीहरुले केही दिन अघि नवलपरासी, पाल्पा, रुपन्देहीमा पनि राँके जुलुस निकालेका थिए । शनिबार साँझ पनि सुनसरीको इटहरीमा यस्तै प्रकारको जुलुस प्रदर्शन गरिएको थियो ।