0 COMMENTS

काठमाण्डाै२४जेष्ठ०७७/ ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गिती संग्रह सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गितकार रहेको गिती संग्रहमा कुल ५ वटा गितहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा गिति संग्रह तयार भएको हो । शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा वढि सडक मानवहरुलाई खाना खुवाउँदै उनिहरुको हातबाट नै गिती संग्रह सार्वजनिक गरिएको थियो ।

एक पुरुष र एक महिला सडक मानवलाईनै प्रमुख अतिथि बनाएर उनीहरुको हातबाट सार्वजनिक गरिएको थियो । गिती संग्रहमा ५ वटा गितहरु समावेश रहेका छन् जसमध्ये ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिदैन प्रस्वास’ लाई प्रधानमन्त्री केपी ओलीले रचना गर्नु भएको हो भने शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ ,’हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यो सुखि जनता नाँचको’मा रमेशकुमार पौडेलले रचना गर्नुभएको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिनभएको छ , त्यसैगरि ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ बोलको गितमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ ।’

मुर्झिएका सपनाहरु विउँझायौ तिमिले’मा रमेशकुमार पौडेलले रचना गर्नु भएको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ । पाँचौ गित ‘पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो’ मा विपिन किरणको रचना .बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ । किरण क्रियसनले बजार व्यवस्थापन गरको गिति संग्रहमा संगित संयोजन आमोश तामाङको रहको छ भने सम्पुर्ण गितमा प्राज्ञ शान्तिराम शान्तिराम राई ले संगित भर्नु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र सम्बृद्ध नेपाल , सुखि नेपाली बनाउँनको लागी लिनुभएको पहलकदमीलाई जनतामाझ लैजानको लागी गिति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।