0 COMMENTS

बाजुरा, २४ जेठ ०७७/खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा उहाँको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो ।

झण्डै २५ वर्षदेखि भारतमा बस्दै आउनुभएका उहाँमा दमको रोगसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।