0 COMMENTS

काठमाडौं २२जेष्ठ०७७/राजसंस्था पुनस्र्थापनाकाे माग गर्दै शिव सेना नेपालका कार्यकर्ताहरुले नवलपुर र सुस्तामा बिहीबार साँझ राँके जुलुस निकालेका छन् । सो क्रममा प्रहरी हस्तक्षेप हुँदा पार्टी जिल्ला अध्यक्ष उपेन्द्र गौतमलगायत चारजना पक्राउ परेका थिए । पक्राउको केही समयपछि उनीहरु रिहा भएका छन् ।

शिव सेना नेपालका केन्द्रीय सदस्य मुरार पहलमान नेतृत्वमा निस्केको राँके जुलुसमा शिवसेना नेपाल नेपालका नवलपरासी अध्यक्ष उपेन्द्र गौतम, सुस्ता नगरअध्यक्ष हिटलरसहित कयाै कार्यकर्ताहरु सहभागी  थिए ।

नवलपरासीको सुस्ता क्षेत्र शिव सेनाको प्रभाव क्षेत्र मानिन्छ । स्थानीय तहको निर्वाचनमा शिव सेना नेपालले निर्वाचन बहिष्कारको आह्वान गरेको थियो । जसका कारण सो क्षेत्रमा मतादन प्रभावित भएको थियो ।

शिव सेनाले गणतन्त्र दिवसकै दिन पनि राजसंस्थाको माग गर्दै देशभर राँके जुलुस निकालेको थियो । त्यस्तै जेठ १९ मा पनि रुपन्देहीमा शिव सेनाका कार्यकर्ताले राँके जुलुस निकाल्दै कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणविरुद्ध नाराबाजी गरेका शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबा ले बताएकाछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।