0 COMMENTS

महाेत्तरी१०जेष्ठ०७७/  महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टिनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका छन् ।

नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरुको गुनासो छ । भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुका लागि तातो पानी र कोठामा पङ्खाको समेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी गगन मण्डलले भन्नुभयो, “क्वारेन्टिनमा बसेको आफ्नो छोराका लागि घरबाटै खाना ल्याउने तयारी गरेको तर वडाध्यक्षले रोक लगाएपछि छोरालाई हेर्नका लागि आफू आउँदा २४ घण्टा बित्दा पनि खानाको बन्दोबस्त हुन नसकेको पाइएको छ ।”

नगरपालिका—२ का वडाध्यक्ष शेख सलामले यस सम्बन्धमा आफूले तत्कालै नगरपालिकालाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको प्रतिक्रिया दिनुभयो । भोकभोकै बसेका उनीहरुका लागि तत्काल एक छाक खानाको व्यवस्थापनमा आफू लागेको बताउँदै उहाँले आवश्यक सामग्रीको बन्दोबस्तका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतबाट नेपाली नागरिकको आउने क्रममा वृद्धि भएपछि उनीहरुलाई शुक्रबारदेखि नगरपालिकाले मावि निगौलको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको थियो । हाल त्यहाँ २५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।