0 COMMENTS

काठमाडौँ, ९ जेठ०७७/राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडिटीमा पोजेटिभ देखिएका २३ जनाको पिसिआर भने नेगेटिभ आएको छ । नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी व्यवसायी र मासु पसले गरी करीब २०० जनाको सोमबार गरिएको आरडिटीको प्रतिवेदनमा पोजेटिभ देखिएको थियो । आलापोट स्वास्थ्यचौकीमा भने १७५ जनामा गरिएको आरडिटीमा २१ जनालाई पोजेटिभ देखिएको कार्यालय प्रमुख जगत नेपालीले राससलाई जानकारी दिनुभयो ।

आरडिटीमा पोजेटिभ देखिएकाको त्यसै दिन पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुबाट बिहीबार बेलुकी सबैको परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घर पठाइएको उहाँले बताउनुभयो ।

यसअघि आरडिटी प्रतिवेदन पोजेटिभ आएकामा १२ पुरुष र नौ महिला थिए । कोरोनाको आरडिटीमा पोजेटिभ देखिएपछि सो क्षेत्र सुनसान बनेको थियो । यसैगरी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी गरी पोजेटिभ आएका दुई जनाको पिसिआर प्रतिवेदन पनि नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।