0 COMMENTS

काठमाण्डाै०८जेठ०७७/  काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किनुभएको छ । निको हुनेमा दुई महिला तथा दुई पुरुष हुनुहुन्छ । नवौँ दिनको बसाइपछि उहाँहरुलाई आज अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष हुनुहुन्छ । यससँगै कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ ।

त्यसैगरी आज झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहनुभएका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उहाँहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षको गरी आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो । यससँगै कूल सङ्क्रमितको सङ्ख्या ४५३ पुगेको छ भने ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।