0 COMMENTS

रौतहट ०८जेठ०७७– रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीले ईशनाथ नगरपालिका–९ स्थित नहरको बाटोमा आज बिहान ६ बजेर ३० मिनेटमा १० लाख रुपैयाँ नगद र ना५४ प २११६ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।

उक्त मोटरसाइकलको अगाडि कपडाको झोलामा केही सामान लिएर औरैयाबाट कुडियातर्फ गइरहेका दुई जनालाई प्रहरीले चेकजाँच गर्न पिछा गर्ने क्रममा ती दुई जना व्यक्ति मोटरसाइकल र नगद छोडेर भागेको प्रहरीले जनाएको छ ।

एक/एक हजारको ८ गड्डी र पाँच/पाँचसयको ४ गड्डी र १० हजार खुद्रा रकम रहेको असई ललित साहले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबीराज खड्काले उक्त रकम र मोटरसाइकल तस्करको हुन सक्ने जनाएका छन् ।

लकडाउनको समयमा लुकीछिपी भारतीय सामान खरिद गर्न जाने क्रममा प्रहरीलाई देखेर तस्कर समूह भागेको हुनसक्ने अनुमान रहेको एसपी खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।