0 COMMENTS

काठमाडाैं, ७ जेठ । आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को ‘अप्रत्यक्ष’ प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएकाे छ । आज बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण खोलानालाहरुमा पानीको मात्रा बढेर बाढीसमेत आउन सक्ने भएकोले त्यसबारेमा पनि सचेत हुनसमेत महाशाखाले अनुराेध गरेकाे छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- ‘हाल देशमा स्थानीय वायु को प्रभावसँगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदलीसँगै पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै संगै मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको साथै हिमाली भु-भागहरुमा हिमपातको समेत संभावना रहेको छ। जसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।