0 COMMENTS

बाँके ०४जेठ०७७/ बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।भेरी अस्पतालमा गरिएको परीक्षणमा उक्त युवामा कोरोना संक्रमण भएको पत्ता लागेको हो ।

बाँकेको नरैनापुर गाउँपालिका दिपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २४ बर्षीय युवकको आइतबार विहान ज्यान गएको थियो ।

नरैनापुर ५ नयाँ बस्तीका युवा बैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । वाकवाकी भएर उनि क्वारेन्टाइनमा बसेको स्थानीयले जानकारी दिएका छन् । क्वारेन्टाइनमा उपचार नपाई युवाको मृत्यु भएपछि स्थानीयमा आक्रोशित भएका छन् ।

क्वारेन्टाइनमा बसेका युवासहित नेपालमा कोरोना भाइरसबाट नेपालमा दुईजनाको ज्यान गइसकेको छ । बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।