0 COMMENTS

वि.सं.२०७७ साल जेठ ०३ गते । शनिबार । ईश्वी सन् २०२० मे १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– नवमी,१७ घडी ४१ पला,मध्यान्ह १२ बजेर ४१ मिनेट उप्रान्त दशमी । नक्षत्र– शतभिषा,१९ घडी ४८ पला,दिउसो ०१ बजेर १२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– वैधृति,५८ घडी ०८ पला,रातको ०४ बजेर ३१ मिनेट उप्रान्त विष्कुम्भ । करण– गर,दिउसो १२ बजेर २१ मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर ०९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा– आनन्द योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ४२ पला । मदन आश्रित स्मृति दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्रा काम गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट सहयोग प्राप्त हुनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ प्रविधिको प्रयोग गरि समय अनुसार अपडेट होइनेछ । अध्ययनमा प्रविधिको प्रयोग गर्न सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रशन्न रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जानेछ । दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। समय र नियमलाई वेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावलि पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन जानेछ । वंश बृद्धिको योगलाई नकार्न सकिँदैन ।औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथीको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धि न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकैनै संघर्ष गर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित विषयहरु हल भएर जानेछन् । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रविधिको प्रयोग गरि अध्ययन गर्नाले तपाईको नाम एकक कदम अगाडि आउनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाडिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । प्रेममा मनमुटाव बढ्ने योग रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।