0 COMMENTS

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाका सरसफाई गर्ने ३१ जना कर्मचारीहरुमा आरडीटी परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ पाइएको छ ।

महागनरपालिकाका अनुसार शुक्रबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा ३१ जनाको एन्टिबडी पोजिटिभ देखिएको हो ।

महानगरपालिकाका अनुसार १५ जना महिला र १६ जना पुरुषमा एन्टिबडी पोजिटिभ देखिएको हो, जसमा चालकहरु समेत रहेका छन् । यकिन गर्नका लागि उनीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी गराइएको छ ।

शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ६ सय ६४ जना कर्मचारी आरडीटी परीक्षण र २ सय ६८ जना कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको छ ।

अहिले एन्टिबडी पोजिटिभ देखिएका ३१ जनालाई महानगरपालिकाको वातावरण भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।