0 COMMENTS

काठमाडौं, २ जेठ ०७७। विज्ञहरुले सरकारलाई लकडाउन थप्न सुझाव दिएका छन् । आज (शुक्रबार) बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जनस्वास्थ्य विज्ञहरुले लकडाउन नै कोरोनाविरुद्ध लड्ने मुख्य हतियार भएकोले यसलाई थप्नुपर्ने सुझाव दिएको स्रोतले जनायो । यसअघि बसेको समितिको अनौपचारिक बैठकले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ। । जापान र हङकङको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।