0 COMMENTS

काठमाडाैं०२जेठ०७७/ नेपालको पहिलो कोरोना संक्रमित जनकपुरका ३२ वर्षका युवाको संकलित नमुना गैरकानुनी रूपमा विदेशी संस्थालाई अनुसन्धान गर्न पठाएको पाइएको छ । चीनको वुहानबाट आएका ती युवामा गत ९ माघमा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अनुसन्धानका लागि कुनै पनि नेपाली नागरिकको नमुना विदेश पठाउनुपूर्व नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृति लिनुपर्छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले दुई महिनाअघि पहिलो संक्रमितको नमुना अनुमतिविना बाहिर पठाएको फेला परेको बताए ।

विनाअनुमति विदेशी संस्थालाई अनुसन्धान गर्न नमुना पठाएको भन्दै परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, डाक्टरद्वय डा. रञ्जित शाह र डा. हेमन्तचन्द्र ओझा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका पूर्वनिर्देशक डा. विवेककुमार लाल र कोरोना उपचारमा संलग्न डा. अनुप बाँस्तोलालाई स्पष्टीकरण सोधेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ ले स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हङकङ, बेलायत, साउदी अरब र जापानका विज्ञ पनि नेपाली युवाको नमुनाको अनुसन्धानमा सामेल थिए । परिषद्ले स्पष्टीकरण सोधेपछि डा. शाहले भने परिषद्का पदाधिकारीलाई भेटेर गल्ती स्विकारेको स्रोतले जनाएको छ ।[view_video url=”OTswjffdcws”]

सदस्यसचिव डा. ज्ञवालीका अनुसार नेपालमा देखिएको भाइरसको प्रभावकारिता जाँच गर्नका लागि यो जिन आवश्यक पर्छ । उनले भने, ‘नेपालीको जिन यहीँ सुरक्षित हुनुपर्छ, यो विभिन्न औषधि भ्याक्सिनहरू बनाउनका लागि प्रयोग गरिन्छ । अनुमति लिएर लगेको जिनबाट औषधि वा कुनै भ्याक्सिन बनाएमा त्यस्तो कम्पनीले केही वर्षसम्म निःशुल्क औषधि वा भ्याक्सिन नेपाललाई दिनुपर्छ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।