0 COMMENTS

काठमाडौं ३१ बैशाख २०७७/ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार साँझ मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । रुपन्देहीमा ९ जना पुरुष र चार वर्षिय बालिका सहित ३ जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

त्यस्तै, कपिलबस्तुमा ८ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पर्सामा पनि २ जना पुरुष र एक जना महिलामा संक्रमित देखिएको छ । नवलपरासीमा ३६ वर्षिय एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब संक्रमितको संख्या २ सय ४३ पुगेको छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।