0 COMMENTS

काठमाडौं३१बैशाख०७७/ पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा स्थायी अस्थायीरुपमा बस्दै आएको बताइएको छ ।

ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ ।

स्रोतका अनुसार रावलको घरमा सुरक्षार्थ तैनाथ उनी वैशाख २ गते त्यहाँबाट निस्किएका थिए। श्रीमती बिरामी भएपछि उपचारका लागि गएका उनलाई यसबीचमा कोरोना भएको हो।

‘उनी वैशाख २ गते यहाँबाट निस्किएर गएका थिए। योबीचमा उनी केही अस्पतालमा पनि पुगेका थिए’, रावलका एकजना सहयोगीले भने, ‘उनी ड्युटीमा फर्किने भएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि अहिले अस्पतालमा भर्ना गरिएको छ।’

यसैगरी भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएको खुलेको छ । उनलाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ । ती महिलाको घर सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।