0 COMMENTS

वि.सं. २०७७ वैशाख ३१ गते बुधबार तदनुसार ई. सं. २०२० मई १३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, ज्येष्ठ कृष्णपक्षको षष्ठी तिथि, बिहान ०९:५७ बजेसम्म, त्यसपछि सप्तमी तिथि, उत्तराषाढा नक्षत्र, बिहान ०८:५१ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), शुभ योग, बिहान ०५:३४ बजेसम्म, त्यसपछि शुक्ल योग, वणिज करण, बेलुका १०:०९ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । गोपनीयता भङ्ग हुने खतरा छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरायसी समस्यामा तल्लीन हुनुपर्ने भएकाले मनोरञ्जन र रामरमाइलो गर्ने फुर्सत पाइँदैन । व्यक्तिगत स्वास्थ्यमा उतारचढाव आउने सम्भावना हुन्छ । पति÷पत्नीका आपसी समस्याले मन खिन्न हुनसक्छ । विविध चुनौती र तनाव आइलाग्न सक्छन् । चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ । बाध्यताले मन खिन्न तुल्याउनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै समाचारले मन बिथोल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महासरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नृसिंहाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका÷ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : हरियो वा ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।