0 COMMENTS

काठमाडौँ३१बैशाख०७७ / उपत्यकामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखाको जुगु केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो भूकम्प नयाँ नभएर पाँच वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पकै परकम्प हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, सिन्धुपाल्चोक लगायतका जिल्लामासमेत महसुस गरिएको छ। भूकम्प गएपछि दोलखा, रामेछाप लगायतका जिल्लाका स्थानीयबासी घरबाट बाहिर निस्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।