0 COMMENTS

चितवन, २९ वैशाख०७७/जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । आइतबार दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा सो सङ्ख्यामा नाम दर्ता भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार दर्ता भएका नाम भारतीय दूतावास पठाइएको छ । सङ्कलन गरिएको विवरणमा नाम, भारतको ठेगाना र कुन नाकामार्फत फर्कनु पर्ने हो विस्तृत जानकारी पठाइएको उहाँले बताउनुभयो ।

भारतीय राजदूतावासले जिल्लामा रहेका भारतीय नागरिकको विवरण सङ्कलन गरेर पठाइदिन आग्रह गरेपछि घर फर्कन चाहने भारतीय नागरिकको विवरण सङ्कलनका लागि प्रशासनले शुक्रबार सूचना जारी गरेर सम्पर्कमा आउन आग्रह गरेको थियो । सिम्खडाका अनुसार विवरण दूतावास पठाएपछि पनि केही व्यक्ति नाम छुटेको भन्दै सम्पर्कमा आएका छन् । ती नाम भने हालसम्म पठाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।