काठमाडौँ, २९ वैशाख०७७/नेपालमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १० निवासी रहेका छन् ।
सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरू १८ देखि ३४ वर्षसम्मका रहेका छन् । एक जनाको उमेर नखुलेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।
हालसम्म सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्