0 COMMENTS

बूढानीलकण्ठ, २७ वैशाख०७७/बूढानीलकण्ठ नगरपालिका वडा नं ७ हात्तीगौँडास्थित छहारी भवनबाट दैनिक वितरण हुँदै आएको निःशुल्क भोजन अभियानलाई हिमाली ट्रष्टले सहयोग गरेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेका मजदुर तथा विपन्न वर्गलाई सो भवनबाट निः शुल्क भोजनको व्यवस्था मिलाइएको छ ।

उक्त ट्रष्टले ७४ बोरा चामल सहयोग गरेको छहारी संस्थाको अध्यक्ष लिली थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निःशुक भोजन अभियान शुरु भएको २३औँ दिनसम्म २५ हजार विपन्न नागरिकलाई भोजन उपलब्ध गराइसकेको छ । यो अभियानलाई लकडाउन अवधिभर जारी राख्ने बताइएको छ । ट्रष्टले विभिन्न संस्था तथा व्यक्तिलाई वितरण गरेको सामग्री खाद्य तथा स्वास्थ्य रहेको छ । यस्तै कोेषले आर्यघाटमा रहेर शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई पिपिइ, मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

ट्रष्टले कालीमाटी फलफूल तथा तरकारी बजार, नक्साल, चावहिल, जोरपाटी, कोटेश्वरमा रहेको व्यापारीलाई मास्क, पञ्जा, डिसइन्फेक्सन र स्प्रे वितरण गरेको थियो । यसैगरी पशुपति क्षेत्र विकास कोषलाई २० बोरा चामल, ४०० केजी दाल र एकल महिलाका लागि काम गर्दै आएको छहारी संस्थालाई ७४ बोरा चामल वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।