0 COMMENTS

काठमाडौं,२५ वैशाख०७७। कोरोना संक्रमणको ‘हटस्पट’ मानिएका उदयपुर, वीरगन्ज र नेपालगन्जमा थप व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनालाई खटाइएको छ ।

जसका लागि उदयपुरमा ५००, नेपालगन्ज र वीरगन्जमा एक/एक हजार स्थानीयको स्वास्थ्य परीक्षण गर्न सेना परिचालन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमितरुपमा गर्ने ‘प्रेस ब्रिफिङ’मा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जोखिम देखिएका ती जिल्लामा थप परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनालाई खटाइएको बताए ।

यस्तै, हालसम्म देशभर १४ हजार ५०९ जनाको ‘पीसीआर’ र ५४ हजार ९३ मा ‘आरडीटी’ परीक्षण गरिएको पनि उनले जानकारी दिए ।

जसमा सुदूरपश्चिम र वाग्मती प्रदेशमा सबैभन्दा बढी आरडीटी परीक्षण गरिएको छ ।

हाल ७७ जना कोरोना संक्रमितको भने विभिन्न अस्पतालहरुमा उपचार हुँदैछ ।

हाल देशभर १३३ जना ‘आइसोलेसन’कक्षमा रहेका छन् भने १७ हजार ३७२ जना ‘क्वारेन्टाइन’मा रहेका छन् ।अमेरिका नेपाल मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई ‘आइसीयु’कक्ष स्थापना गर्न ६८ लाख २४ हजार २०० रुपैयाँ उपलब्ध गराएको पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।