0 COMMENTS

काठमाडौँ, २४ वैशाख०७७/सरकारले बुद्ध जयन्तीका दिन बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा÷चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

मन्त्रिपरिषदको चैत ९ को निर्णयअनुसार एक वर्षभरि दिइने बिदा र कार्यालय समयको निर्धारण गरिसकेको र उक्त निर्णय राजपत्रमा प्रकाशित भइरहेकाले सोहीअनुसार बिदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।