0 COMMENTS

प्रतिभा भट्टराइ, राम नवमीको एक महिना पछि पर्ने नवमी वा वैशाख शुक्ल नवमी लाई सीता जयन्ती तथा जानकी नवमी पनि भनिन्छ। नेपालको राष्ट्रिय विभूति पनि मानिएकी सीतालाई मैथिली, बैदेहि, जानकी आदि नामहरुले पुकारिदै वैष्णव सम्प्रदाय का व्यक्ति हरुले निकै श्रद्धा र भक्ति का साथ राम र सीताको पूजा आजा गरी मनाइने यो पर्व नेपालको पनि जनकपुरमा भने समय र परिस्थिति अनुकूल सामान्य वा धुमधाम सँग मनाईन्छ। त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्नका लागि विधिपूर्वक जमीन सम्याउने क्रममा उत्पत्ति भएकी सीताले, भगवान विष्णुको छैठौं अवतार मानिने रामको अयोध्या का राजा दशरथका जेठा पुत्रको रूपमा पृथ्वीमा गर्नुपर्ने विभिन्न कार्य सम्पादनको लागि जन्म भएपछि, माता लक्ष्मी नै सत्यवती र पतिव्रता आदर्श नारी सीता को रुपमा प्रकट भएकी थिइन्।

राजाकी छोरी र बुहारी भएपनि, मर्यादा पुरुषोत्तम श्री राम ले पिताको आज्ञा पालन गर्न १४ वर्ष वनवास जानु पर्ने भएपछि सँगै गएकी सीताले त्यहाँ निकै अप्ठ्यारा हरुको साथै, माता लक्ष्मी स्वरुपा भएपनि रावण मार्ने कार्य की कारक बनेकी उनले अज्ञानबस सुनको हरिण देखेर लोभ गर्न पुग्दा रावण द्वारा हरण भई सुनै सुनको लंका मा पुग्दा पनि खुसी हुन नसकी धेरै दुःख र तनाव भोग्न बाध्य भएकी थिइन्। पछि हनुमानको वीरता द्वारा सीताको पत्ता लगाई बाँदरहरुको सहायताले रावण माथि विजय प्राप्त गरी अयोध्या फर्केका रामले सीताको पवित्रता आफूले बुझेको भएपनि गर्भिणी भएका बेलामा समेत लोक निन्दा को डरले महारानीको पद त्याग गराई दिँदा बाल्मीकी ऋषिकोआश्रम मा बस्न पुगेकी थिइन्। सोही आश्रममा लव र कुश को जन्म भएपछि उनीहरूलाई उचित शिक्षा दीक्षा मा निपुण बनाए सँगै बाल्मीकी ऋषिले रचना गरेका रामायणको ज्ञान भएका उनीहरूले, सीताले निर्दोष भएर पनि वनमा बस्नु परेको कथा सुनाए पछि पुनः दरवारमा बोलाईएकी सीताले धेरै अयोध्या बासीले स्वागत गरे पनि केहीले उनको पवित्रता माथि प्रश्न उठाए पछि उनले धर्ती माता सँग, आफू जे जस्तो परिस्थितिमा पनि मन् वचन र कर्मले रामकै भएकी र पवित्र भएकी भए आफूलाई कोखमा लिन आग्रह गरे पछि जमीन फाट्न गई धर्ती माता प्रकट भएर सीतालाई आफ्नो कोखमा लिएका कथा पुराणहरूमा सुन्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।