0 COMMENTS

रोल्पा, १८ वैशाख ०७७/त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो ।
मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
गाउँमा बम विस्फोटको ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेका थिए । घटनास्थलमा अर्को बम पनि रहेकाले निष्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडा नं २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।
घटना भएको प्रहरीले पुष्टि गरेको छ । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ गुरुङले बताउनुभयो । घटनास्थल निकै दुर्गममा रहेकाले कसरी घटना भयो भन्ने सबै जानकारी आइनसकेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।