0 COMMENTS

काठमाडौँ, १६ वैशाख०७७/ लकडाउनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र  शाही आज सर्वोच्च अदालतकाे  आदेशबाट थुनामुक्त  भएकाछन ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्ने आदेश जारी गरेको हो ।

“प्रक्रिया पूरा नगरी भएको कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने नदेखिँदा यी निवेदकहरुको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ”, आदेशमा भनिएको छ, “निवेदकलाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा आजै थुनामुक्त गरिदिनु ।”

गैरकानूनी रुपमा शाहीलाई हिरासतमा राखिएको उल्लेख गर्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा यही वैशाख १२ गते बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइपछि थुनामुक्त गर्न आदेश दिएको हो । शाहीलाई लकडाउन उल्लङ्घनको आरोपमा प्रहरीले यही वैशाख ९ गते पक्राउ गरेको थियो ।[view_video url=”Ggy0Mouuw_4″]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।