0 COMMENTS

काठमान्डाैं १५बैशाख०७७/ सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ । आइतबार ५ बजे बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको छ । यस अघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता थप्न सरकारलाई सुझाव दिएको थियाे ।

शनिबार बसेको समितिको बैठकले लकडाउनकै कारणले नेपालमा संक्रमणको दर नियन्त्रित रहेको जनाउँदै एक सातासम्म लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियाे ।त्यसपछि अर्काे मोडलमा जान सकिने समितिले जनाएको छ । समितिले सचिवस्तरीय समिति गठन गरि लकडाउनको विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।