0 COMMENTS

प्रतिभा भट्टराइ,१३बैशाख०७७/  वैशाख शुक्ल तृतीया तिथिलाई अक्षय तृतीया को नामले चिनिन्छ। नाम बाटै पनि यो दिन गरिएका सम्पूर्ण राम्रा नराम्रा कर्महरू क्षय वा नाश हुँदैनन् भन्ने मान्यता अनुसार यसदिन ब्रह्म मुहूर्त मा उठी सके नदी वा गंगा तथा पोखरीमा र नसके आफ्नै घरमा गंगा को स्मरण गर्दै स्नान गरी आफ्नो क्षमता अनुसार दान, जप, पाठ पूजा तथा हवन गर्नु उत्तम मानिन्छ भने चोरी गर्नु, झुट बोल्नु, गाली गर्नु, रिसाउनु लगायत अन्य नराम्रा कामहरू गर्नु हुँदैन।ऋतु राजमा पर्ने यो तिथिमा अन्नको राजा मानिने र स्वास्थ्य को लागि पनि उपयोगी मानिने जौ को सातु तथा गर्मी मौसमको सुरुवात सँगै सर्वतको ,भगवान लाई अर्पण र ब्राहृमण द्वारा संकल्प गरी दान गर्नु र सम्पूर्ण परिवारले सेवन गर्नु श्रेष्ठ भनिए पनि समय र परिस्थिति अनुकूल मानिसका लागि नभै नहुने गाँस,वास र कपास सँग सम्बन्धित जुनसुकै वस्तु पनि दान गर्दा कयौं गुणा बढी फल मिल्ने विश्वास गरिन्छ। शिव र पार्वतीको विवाह, अष्ट चिरञ्जीवी मध्ये एक मानिएका परशुराम को जन्म, महाभारत महाकाव्य लेखनको श्री गणेश लगायत द्वापर युगमा कृष्ण र सुदामाको मिलन पश्चात सुदामा लाई मिलेको श्री प्राप्ति जस्ता सुभ कार्य हरु भएको मानिने यस दिनमा जुनसुकै सुभ कार्य गर्नका लागी पनि साइत हेर्नु नपर्ने साथै पितृ उद्धारका लागि जल,फल, तिल र जौ को दान जस्ता कार्यहरू पनि गर्न सकिने जनविश्वास पनि छ। यसै दिन सके शरीर भरी नै र नसके पनि अनुहारमा मात्र भए पनि चन्दनको लेपन गर्नुले सुन्दरता, आरोग्यता र दीर्घायु प्राप्त हुने पनि विश्वास गरिन्छ।

हुन त शास्त्र मा लेखिएका कुराहरू जानिएको भए पनि पैसा र पद हुँदा मान्न नसकी, आफूलाई मन् लागेका कामहरू लाई राम्रो ठानेर गर्न पुग्दा नराम्रा घटना हरु पनि कहिले काँही समाजमा घट्न पुग्छन तर हरेक दिन लाई नै अक्षय तृतीया मानेर मनको बसमा नभै आफ्नो आत्मा लाई सोधेर मात्र सुभ कर्म हरु सबैले गर्न सक्ने हो भने समाजमा सत्य युगको अनुभव गर्न सकिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।