0 COMMENTS

काठमाडौं १०बैशाख०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने कुरा स्पष्ट पारेका छन्। बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्नेक्रममा प्रधानमन्त्री  केपी शर्मा  ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइलाइ अझै यथावत राख्ने बताए।

छलफलकाेक्रममा दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमामा अलपत्रहरुलाई स्वेदश ल्याएर क्वारेन्टिनमा राख्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले भारतसँगको सीमाना अहिले नखुल्ने जो जहाँ छन् उनीहरु त्यही नै रहने जवाफ दिएको एक सांसदले बताए। प्रधानमन्त्री ओलीले लकडाउनलाई केही खुकुलो बनाउन सकिने संकेत गरेका थिए। लकडाउनका कारण समस्यामा परेकाहरुले घर जनाका लागि प्रशासनसँग सम्पर्क गर्ने पनि प्रधानमन्त्रीले आग्रह गरेको थिए।

‘हिजोमात्र १२ हजार मानिस उपात्यकाबाट बाहिरिए, कसैलाई बाहिर जानु पर्ने हो भने प्रशासनलाई सूचना गरे सहयोग गर्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी सदूरपश्चिमका सांसद झपट रावलले भने।

सरकारले सोमबार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र अनतरविरोध देखिएपछि दुवै अध्यक्षले सांसदहरुसँग छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले कुनै दल विशेषलाई लक्षित गरेर ऐन नल्याइएको प्रस्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।