0 COMMENTS

उदयपुर १०बैशाख०७७/ उदयपुरबाट कोरोना भाइरस तेश्रो चरणमा प्रवेश गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको हो ।

विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना भाइरस देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ त्यसपछि समुदायमा नै फैलिनु तेस्रो चरण हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २२ गते नेपालमा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पुष्टि गर्दै संक्रमण दोस्रो चरणमा प्रवेश गरेको जानकारी गराएको थियो। नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको ठिक १८ दिनपछि तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको छ ।

चैत २२ गते संक्रमित भएको पुष्टि भएकी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त थिइन्। त्यससँगै पहिलोपटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण सरेको पुष्टि भएको थियो।

बुधबार पुष्टि भएका मध्ये ३ जना विदेशबाट आएको खुलासा
स्वास्थ्य मन्त्रालयले मंगलबार पुष्टि गरेका उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्केका ११ जना मध्ये ३ जना विदेशबाट आएको पाइएको हो । मंगलबार भेटिएका संक्रमितमध्ये तीन जना विदेशबाट फर्किएका युवक हुन् । एक जना दुबईबाट फागुन ११ मा आएको खुलेको छ दुई जना भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् ।

एकजना दुबई, एक जना भारतको उत्तर प्रदेश र एक जना दिल्लीबाट आएको पाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक प्रहरीले बताए । उनले उनिहरु विदेशबाट फर्केपछि कहाँ-कहाँ पुगेका थिए र को-को संग भेटेका थिए भनेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

उदयपुर सिल गरियो
बुधबार देखि उदयपुर जिल्ला सिल गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ ले सिल गर्ने निर्णय गरेसंगै बुधबारबाट उदयपुर जिल्ला सिल गरिएको हो । यसअघि उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्के मात्र सिल गरिएको थियो ।

जिल्ला सिल गरिए पनि खाद्यान्न, दूध डेरी, मेडिकल पसल, अस्पताल, ग्यास डिलरजस्ता अत्यावश्यक सामग्रीका पसलहरु खोल्न दिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमध्ये २४ जना उदयपुरका छन् । त्यस्तै, कोरोना संक्रमित ५ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।