0 COMMENTS

काठमाडौं, बैशाख १०/देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको छ ।

काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा दुई दिनयता बढी वर्षा भइरहेको छ । उपत्यकालगायत पहाडी भेगमा हिजो असिना वर्षा भएको छ । उपत्यकाको तापक्रम केही घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।