0 COMMENTS

इनरुवा, ७ वैशाख ०७७/कोरोना भाइरसको सङ्क्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् । कोरोना सङ्क्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ४६ वर्षीय एक जना रहेको नेपाल मुस्लिम सङ्घ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताउनुभयो ।

सङ्क्रमित समूहसँगै १० दिन बसेर फर्किएको सूचनाका आधारमा उहाँलाई क्वारेन्टाइनमा पठाइएको छ । घरमा लुकेर बसेको गाउँलेले सूचना दिएपछि प्रहरीसहितको टोलीले स्वास्थ्य परीक्षणसँगै क्वारेन्टाइनका लागि विराटनगर पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।