0 COMMENTS

भोजपुर, ४ वैशाख०७७/भोजपुरको हतुवागढी गाउँपालिकाले विभिन्न दीर्घरोगका कारण नियमित औषधि सेवन गरिरहेकालाई आफूले खरिद गरेर औषधि वितरण गरेको छ । लकडाउनका कारण औषधि ल्याउन समस्यामा परेका करिव ८० जना विरामीलाई सःशुल्क औषधि वितरण गरिएको सो पालिकाले जनाएको छ ।
गाउँपालिकाले त्यस्ता बिरामीले प्रयोग गरिरहेको औषधिको विवरण सङ्कलन गरेर औषधि ल्याएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक मातृकाप्रसाद आचार्यलाई गाउँपालिकाले ‘भ्रमण अनुमति’ उपलब्ध गराइएपछि औषधि खरिद भएको हो ।
यसैबीच, पौवादुङमा गाउँपालिकाले अध्यक्ष किरण राईलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने गलत समाचार प्रवाह भएकामा विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । अध्यक्ष राईले आफू कोरोना रोकथामका बैठक र प्रहरीले गरिरहेको सुरक्षाका कामप्रति सहयोगी रही जनसेवामा तल्लिन रहेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।