0 COMMENTS

काठमाण्डाै०१बैशाख०७७/  कैलाली थप एक जनामा कोरोना संक्रमण भएको पाइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणका क्रममा एक ६५ बर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कैलालीको लम्की चुहा नगरपालिकामा वडा नं १ भुरुवाकी ती महिलाको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् ।उनको पीसीआर र र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) दुबै विधिबाट परीक्षण गर्न नमूना संकलन गरिएको थियो । आरडीटीबाट नेगेटिभ रिपोर्ट आएपनि टेकुमा गरिएको पीसीआर विधिको परीक्षणबाट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो।

नयाँ केश बारेमा सरकारले भने आधिकारिक घोषणा गरेको छैन् । ती महिलालाई क्वारेन्टाइनबाट अहिले अस्पतालको आइसोलेसनमा ल्याउने तयारी हुँदैछ । अस्पतालमा ल्याइसकेपछि मात्रै आधिकारिक घोषणा हुने तयारी भएको मन्त्रालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।