0 COMMENTS

उदयपुर ३०चैत्र०७६।    कोरना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि चौदण्डीगढी नगरपालिकाले पूर्ण रुपमा सचेतना अपनाएको जनाएको छ ।

लकडाउनबाट प्रत्यक्ष प्रभावित हुनसक्ने असंगठित क्षेत्रका मजदुर, असहाय, बिपन्न परिवारहरुका लागि नगरपालिकाले बितरण गरेको राहत र प्रकोप कोष स्थापना गरिएको छ । नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।

नगर प्रमुख खगेन्द्र राईका अनुशार लकडाउन सुरुहुनु अगावै विभिन्न वडामा ३४ बेडसहितको क्वारेन्टाइन, राम प्रसाद राई खेलमैदान भवनमा सात वेडको आइसोलेसन वार्ड निर्माण गरिएको जानकारी दिए । नगरपालिकाले २५ पुर्ण र ३५ हाफ गरी ६५ पिपीइ खरिद गरि सबै स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मी उपलब्ध गराइएको जनाएको छ ।

पत्रकार सम्मेलनमार्फत ७० लाखको कोरना संक्रमण राहत कोष स्थापना गरिएको पनि जानकारी दिइएको छ । उप(प्रमुख रिता चौधरीको संयोजकत्वमा सात सदस्यीय राहत सामाग्री खरिद आपूर्ति तथा ब्यबस्थापन समितिको गठन भएको भन्दै तीन हजार ३ सय २२ घरधुरीमा १४ हजार १ सय ५ जनाका लागि राहत सामाग्री चामल, दाल, मटर केराउ, नुन, खानेतेल, नुहाउने तथा हात धुने साबन उपलब्ध गराएको जानकारी दिइयो ।

लकडाउनका समयमा सुरक्षा ब्यबस्थापनमा खट्ने सुरक्षाकर्मीलाई दैनिक ६० रुपैयाँ खाजा खर्च उपलब्ध गराइएको र कोरोना आशंका गरिएका बिरामीको जाँच तथा उपचार खर्च नगरपालिकाले ब्यहोर्ने जानकारी गराइयो ।

एम्बुलेन्स चालकहरूलाई जोखिम न्युनिकरणका लागि एम्बुलेन्समा क्याविन निर्माण ,पिपिइ सेट र थप भत्ताको ब्यबस्था गरिएको जानकारी गराइएको छ ।

चौदण्डीगढी नगरपालिकामा ४९ जना बैदेशिक रोजगारबाट फर्किएका मध्ये एकजना आइसोलेसनमा ६ जना क्वारेन्टाइनमा र ४२ जना होम क्वारेनटाइनमा राखिएको जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।