0 COMMENTS

काठमाडौँ, २८ चैत ०७६/शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गर्नुभएको छ ।

नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशमा समन्वयको जिम्मेवारी पाउनुभएकी खानेपानीमन्त्री बिना मगरलाई बिहीबार राज्यमन्त्री मानन्धरले २०० थान पिपीइ सेट हस्तान्तरण गर्नुभएको हो । नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घको सहयोगमा उक्त पिपीइ सेट हस्तान्तरण गरिएको हो ।
खानेपानीमन्त्री मगरले उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो । मन्त्री मगरले सुदूरपश्चिम कोरोना सङ्कटको इपिसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको जानकारी दिनुभयो ।
राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।