0 COMMENTS

बनेपा, २३ चैत०७६/काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो पटक ११ जनाको स्वाब लिइएको धुलिखेल अस्पतालले जनाएको छ ।

विदेशबाट फर्किएका र केही शङ्कास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिएको धुलिखेल अस्पतालले जनाएको छ । सरकारले ‘टेष्ट किट’ उपलब्ध गराएपछि आजदेखि परीक्षणका लागि स्वाब लिएको अस्पतालका चिकित्सक निराजन भुसालले जानकारी दिनुभयो । “धुलिखेल अस्पतालमा नै अब रियल टाइम पिसिआर मेशिन उपलब्ध भएको कारण टेकुमा हुने सुविधा अब यही अस्पतालबाट शुरु भएको छ”, चिकित्सक भुसालले भन्नुभयो । उहाँका अनुसार करीब ९० वटा नमूना एकैपटक परीक्षण गर्न सकिने सो मेशिनबाट चारदेखि पाँच घण्टामा परिणाम थाहा हुनेछ ।

अस्पतालका चिकित्सक राजेन्द्र कोजुले प्राप्त सामग्री पर्याप्त नभएका कारण हप्ताको दुईपटक आइतबार र बुधबार मात्रै हुने बताउनुभयो । अस्पतालले थोरै सामग्रीका बाबजुद पनि परीक्षण शुरु गरेको डा राजेन्द्र कोजुले जानकारी दिनुभयो । अस्पतालमा परीक्षणका लागि आवश्यक व्यवस्थापनसहित आइसोलेशन वार्ड तयारी गरी बिरामीको उपचार भइरहेको डा कोजुले बताउनुभयो । अस्पतालले सीमित साधन र स्रोतका बाबजुद पहिलो दिन ११ जनाको परीक्षणका लागि नमूना सङ्कलन गरिसकेको र अब पछि बुधबार मात्रै परीक्षण गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।