0 COMMENTS

काठमाडौं १४चैत्र०७६/कोरोना भाइरस (कोभिड १९)बाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा कैलालीको धनगढीका ३४ वर्षीय ती पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको उनले बताए ।

अपडेट
कोरोना भाइरस संक्रमित व्यक्ति कैलालीकै रहेको पुष्टि
डा देवकोटाले उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको र बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताए । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।