0 COMMENTS

काठमाडौँ ०९चैत्र०७६/ कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेको हाे । त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जालमार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले मगरलाइ पक्राउ गरेको हो ।

साइबर व्यूरो स्रोतका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्‍जालमा देखा परेको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्जनिक भएको र पछि सामाजिक सञ्जालमा फैलिएको प्रहरी स्रोतले जनायो । मगरसँग प्रहरीकाे बयान जारी राखेको छ । यसबारे विस्तृत जानकारी भने आउन बाँकी छ ।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सार्वजनिक गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।