0 COMMENTS

काठमाडौँ ३ चैत्र । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे समयमै सतर्कता अपनाउन नसके कुनैदिन पनि दुर्घटना हुन सक्ने डा. रमेश आचार्यले बताएका छन् । कोरोना भाइरसको उद्गम चीनको वुहानबाट फर्किएका डा. आचार्यले हल्ला बढी भएपनि नेपालमा प्राप्त मात्रामा पूर्वतयारी कम भएको बताए ।
सोमबार संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै यूरोपले पूर्वतयारीमा लापर्वाही गर्दा अहिले महामारीको सामना गर्नु परेको बताउँदै त्यो अवस्था नेपालमा पनि नआउला भन्न नसकिने बताए । “चीनले कोरोना भाइरससँग लडिरहेको बेला केही यूरोपका केही देशहरु पूर्वतयारीमा लाग्नु छोडेर मिडियाले फैलाएको अफवाहमा रमाए । त्यसैको परिणाम अहिले भोग्नु परेको छ । हामीले पनि अहिलेबाटै तयारीमा लागेनौं भने कुनै बेला पनि दुर्घटना हुन सक्छ” डा. आचार्यले भने । उनले कोरोना भाइरसबाट आतंकित हुनुभन्दा सतर्कता अपनाउनु पर्ने बताए ।[view_video url=”-jJmfaUj0lk”]

डा. आचार्यले केही दिन पहिले मात्र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर १२ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएका थिए । उनले ‘कोभिड–१९ कोरोना भाइरसविरुद्ध जनताको संघर्ष’ नारा दिएर आन्तरिक तयारीमा लाग्नुपर्नेमा जोड दिए । डा. आचार्यले सातवटै प्रदेशका राजधानीमा आइसोलेशन वार्ड र कोरोना भाइरस पीसीआर टेष्टको परीक्षण केन्द्र स्थापना गर्नु पर्ने बताए ।
कार्यक्रममा डा. आचार्यले कोरोना भाइरस बढ्दै गएको भन्दै भारतसँग जोडिएका सबै नाका बन्द गर्नुपर्ने कुरामा जोड दिए । त्यसैगरी कम्तिमा ३० दिनको लागि अन्तर्राष्ट्रिय विमानस्थल, मन्दिर, गुम्बा, चर्च, विद्यालय, पार्क साथै संसद पनि एक महिनाको लागि बन्द गर्नुपर्ने सुझाव सरकारलाई दिएको कार्यक्रममा जानकारी दिए ।
मन्त्री, सांसद र उच्च कर्मचारी तथा सुरक्षाकर्मीको साथै उद्धारमा खट्ने सबैलाई अनिवार्य मास्क लगाउन पनि डा. आचार्यले सुझाव दिए । उनले घरबाट निस्केपछि नफर्किदासम्म मास्क लगाउनुपर्ने बताए ।

सरकारलाई दिएको सुझावपत्रमा डा. आचार्यले विदेशबाट आएका विदेशी र नेपाली नागरिकलाई सेल्फ आइसोलेशनमा बस्नु पर्ने अनिवार्य व्यवस्था गरिनुपर्ने माग समेत गरेका छन् । “दुई हप्तादेखि हालसम्म विदेशबाट नेपाल आएका विदेशी तथा स्वदेशी नागरिकलाई सेल्फ आइसोलेशनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरियोस्, उनीहरुको शरीरको तापक्रम नापेर हरेक दिन अभिलेख राख्न लगाउने नमानेको खण्डमा सार्वजनिक स्वास्थ्यको प्रतिकुल असर पारेबापतको कसुरमा कार्वाही गरियोस्” डा. आचार्यले सरकारसँग माग गरेका छन् ।

वुहानको थोङसी अस्पतालामा रिसर्चको काम गरेका डा. आचार्यले कोरोना नियन्त्रण गर्न टेकु प्रयोगशालामा एक दिनमा कम्तिमा पनि दुई हजार पाँच जनाको स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्न पनि माग गरेका छन् । त्यस्तै कम्तिमा पनि ५ सय शैयाको आइसियु र ५ हजार शैयाको अस्थायी आइसोलेशन वार्डका व्यवस्था गर्नुपर्ने गर्नुपर्ने सुझाव दिए ।
‘एक व्यक्ति एक साबुन’ अभियान सुरु गर्नुपर्ने सुझाव दिँदै डा.सबैले दिनमा दश पटकसम्म हात धुन सुझाव दिए ।
एकैपटक १०२ डिग्रीभन्दा माथि ज्वरो दिनभन्दा बढी आएमा, तीनभन्दा बढी स्वासप्रश्वसमा समस्या देखिएमा कोरोनाको संक्रमणको हुन सक्नेभन्दै डा. आचार्यले समयमै जँचाउने सुझाव दिए । त्यसैगरी एक परिवारमा एक थर्मोमिटर राख्ने र नियमित ज्वरो जाँच गर्न आचार्यले सुझाव दिए ।
कार्यक्रममा पूर्वसचिव कृष्णराज बिसीले कोरोना भाइरसको पूर्वतयारीमा लाग्न सरकारले लाग्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।