0 COMMENTS

लमजुङको बेँसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ । यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ । विदेशी पर्यटकका माध्यमबाट यहाँ कोरोना भाइरसको त्रास भएकाले रोकथामका लागि केही दिन पर्यटकलाई रोक लगाइएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।यहाँ आउनका लागि विभिन्न जिल्लाबाट दर्ता (बुकि ङ) गरेका थिए तर सो भाइरसको डर भएको भन्दै नआउनलाई आग्रह गर्दै बुकिङ रद्द गरिएको सो व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिनुभयो । 
कोरोनाको जोखिमलाई ध्यान दिँदै घरवासमा पर्यटक रोक्न थालिएको व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताउनुभयो । भाइरसको त्रास नहटुञ्जेलसम्म काउलेपानी घरवासमा आउने पर्यटकलाई रोक लगाइने बताइएको छ । शाहवंशीय राजाको उद्गमस्थल लमजुङ दरबार नजिकै रहेको यस घरवासमा नेवार, गुरुङ, भुजेल समुदायको बसोबास रहेको छ । ती समुदायका काउलेपानीमा २५ घरधुरी रहेको छ । उक्त घरधुरीमध्ये तीनवटै समुदाय गरी १५ वटा घरमा घरवास सञ्चालनमा रहेको छ । समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट घरवास शुरु भएको थियो । यशोबह्मा शाहवंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।