0 COMMENTS

जलेश्वर, २३ फागुन/महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बिहीबार साँझ गाउँ नजिकैको पोखरीको डिलमा घाँस काट्न गएकी खत्बेलाई छारे रोगले च्यापेपछि उनी सोही पोखरीमा खस्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।