0 COMMENTS

गौशाला, १८ फागुन/अज्ञात व्यक्तिले गोली चलाउँदा महोत्तरीमा एक जना गम्भीर घाइते भएका छन् । मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि आज राति २ बजेको समयमा गोली प्रहार भएको हो ।

घाइते अवस्थामा रहेका यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।