0 COMMENTS

हेटौँडा, ३ फागुन/मकवानपुरको मनहरीमा आज शनिबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देही धकदही गाउँपालिका –३ घर भएका २६ वर्षीय अकबर खान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख २३७ नम्बरको गोरु बोकेको ट्रक मनहरी गाउँपालिका–६ सुनाचुरीमा भएको सो दुर्घटनामा खानको मृत्यु भएको हो । दुर्घटनामा रुपन्देही रोहनी गाउँपालिका–६ घर भएका ४० वर्षीय मकबुल महरु मुसलमान गम्भीर घाइते भएका छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताउनुभयो । ट्रक चालक र सहचालक फरार रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।