0 COMMENTS

वि.सं.२०७६ साल माघ २३ गते । बिहीबार । ईश्वी सन् २०२० फेब्रुवरी ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– द्वादशी,२६ घडी ३९ पला,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– आद्र्रा,४० घडी ४६ पला,बेलुकी ११ बजेर ०९ मिनेट उप्रान्त पुनर्वशु । योग– विष्कुम्भ,४१ घडी ४७ पला,बेलुकी २३ बजेर २३ मिनेट उप्रान्त प्रिती । करण– बालव,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर ०५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४६ मिनेट । दिनमान २७ घडी २० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । विवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कलात्मक तथा रचनात्मक काम सुरु गरि भविष्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । विद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरामाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशि सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरि आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानि गरि मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना समस्याहरु समाधान गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तब्यमा पुग्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मविश्वासमा कमि ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाइने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको इमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाई आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुने छैन भने कृषि, पशुपालन तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुनेछ । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा ने व्यस्त हुदा पढ्ने लेख्ने काम थाति रहनेछ । प्रेममा अरुकै नकारात्मक टिप्पणीले शंका उब्जिनेछ । छाति सम्बन्धि समस्या आउने प्रवल सम्भावना रहेकोछ ध्यान दिनुहोला ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।