0 COMMENTS

कञ्चनपुर,२३माघ/कञ्चनपुरको भीमदत्तनगरदेखि भारतको हरिद्वार र देहरादुनसम्म बससेवा सञ्चालनमा ल्याइएको छ । पवनदूत बस व्यवसायी कम्पनी प्रालिले सीधा स्थानमा नेपाल भारतमैत्री बससेवा सञ्चालन ल्याएको जनाएको छ । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बुधबार बससेवाको शुभारम्भ गर्नुभयो ।भीमदत्तनगरदेखि हरिद्वार र देहरादुनसम्म करिब ३५० किलोमिटर दूरी रहेको छ । प्रत्येक दिन साँझ ६ बजे वातानुकूलित बस छुट्ने छ ।
कम्पनीका अध्यक्ष धर्मबहादुर महराले बससेवा सञ्चालन भएपछि यात्रुलाई सहज हुने जानकारी दिनुभयो । बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।