0 COMMENTS

वि.सं.२०७६ साल माघ २२ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी ०५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– एकादशी,२७ घडी ४९ पला,बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मृगशिरा,४० घडी ४० पला,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त आद्रा । योग– वैधृति,४६ घडी ०० पला,रातको ०१ बजेर १५ मिनेट उप्रान्त विष्कुम्भ । करण– भद्रा,बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त बव, रातको ०५ बजेर ४८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृष,बिहान १० बजेर ५५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । दिनमान २७ घडी १७ पला । भीमा एकादशी व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले गीत संगीतको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समयले साथ दिनेछ । होटल तथा रेष्टुरेन्ट पेशा व्यवसायमा आवद्ध रहनु भएकाहरुका लागि समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालति पक्रियामा सामेल नहुनु होला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पति राम्रोसँग परिचालन गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुँनेछन् । सुन्दर तथा विलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा विशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय उत्तम रहेकोले शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने पति पत्निबीच अविश्वास बढ्नेछ । साथीभाइ तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाइदाको लागि अलि बढि मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाइ लेखाइमा अलि बढि नै समय दिनुपर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानि सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पूरा हुनेछन् । बिहानको समय मध्ययम रहेकोले राजनीतिमा जनताको आलोचनात्मक समर्थन पाइनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ । मध्यान्हबाट कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावि हुनेछन् । व्यापारमा मन्दि आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलता पुर्वक जीम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणामा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईको गतिलो उपस्थितले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइकै सवालमा देश विदेशको यात्रा तय हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । मध्यान्हबाट कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानीबाट भने थोरै भएपनि आम्दानी हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या हुँनसक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । बिहानको समय मध्ययम रहेकोले प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । माया प्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिनसँगै काम नगर्नु नै राम्रो रहेकोछ । बिहानको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो नतिला आफतिर पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरीमा बढुला हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।